काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
विशेष महाधिवेशनले महासमिति बैठकको निर्णयलाई निरन्तरता दिँदै १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले प्रत्यक्षतर्फ १६५ जना उम्मेदवार चयन गरेको छ, जसमा १०६ जना नयाँ उम्मेदवार छन ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोसः
कांग्रेसमा यसपालि निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वगृहमन्त्री रमेश लेखकलगायत नेताहरू यसपटक चुनावमा उठेनन ।
Categorized in राष्ट्रिय