७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

प्रतिनिधिसभा निर्वाचनः साँझ ५ बजेसम्म २,६५५ उम्मेदवारी दर्ता


प्रकाशित: मंगलवार, ६ माघ २०८२, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म देशभर २ हजार ६५५ उम्मेदवारी दर्ता भएका छन । 


तीमध्ये महिलाको संख्या केवल ३०३ मात्र रहेको छ भने पुरुष उम्मेदवार २ हजार ३५२ जना छन ।


निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय परिसरभित्र प्रवेश गरिसकेकाले त्यसपछि पनि उम्मेदवारी दर्ता गर्न पाउनेछन । 


कतिपय जिल्लामा रातिसम्म दर्ता प्रक्रिया चल्ने आयोगले जनाएको छ ।


२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन । समानुपातिकतर्फको मनोनयन पुस १३ र १४ गते सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन आज भएको हो ।


आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

 
आयोगका अनुसार साँझ ५ बजेसम्मको प्रारम्भिक विवरणमा राजनीतिक दल र स्वतन्त्र गरी २ हजार ३३५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन । समग्र विवरण सार्वजनिक गर्न आयोगले पत्रकार सम्मेलन गर्ने जनाएको छ ।


काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता भएको छ । राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारको पनि उल्लेख्य सहभागिता रहेको उनले बताए ।


यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं ३ की निर्वाचन अधिकृत चमिला भट्टराईले उम्मेदवारीका लागि करिब १ हजार ५०० जनाले फारम लगे पनि अपराह्न ४ः३० बजेसम्म १५ जनाले मात्र औपचारिक रूपमा मनोनयन दर्ता गराएको जानकारी दिइन ।


देशभर उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता सम्पन्न हुँदै गएको निर्वाचन आयोगले जनाएको छ ।


फाइल फोटो
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex