८ भाद्र २०८३, सोमबार
Header

काठमाडौं–८ बाट सुमन सायमि प्रतिनिधि सभाको उम्मेदवार हुने


प्रकाशित: बुधवार, ३० पुुस २०८२, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–८ बाट सुमन सायमिलाई उम्मेदवार बनाउने घोषणा गरेका छन ।


राष्ट्रिय सभा गृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौं–८ बाट सायमिलाई उम्मेदवार बनाइने स्पष्ट पारे । 


“अब काठमाडौं–८ बाट सुमन सायमिलाई जिताउन तयार रहनुहोला,” उनले भने । 


सायमि बुधबार आफ्नै समूहका नेताहरूसहित नेकपा प्रवेश गरेका थिए । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी काठमाडौं–८ बाट चुनावी तयारी सुरु गरिसकेका छन । 


यसअघि सायमिले गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 


उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex