काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन ।
उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण बैंकहरूले निक्षेप ब्याजदर समायोजन गर्दै घटाउदै लगेका हुन ।
बैंकहरूले हरेक महिनाको मसान्तमा आगामी महिनाका लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीकाअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत बिन्दुले घटेको छ ।
पुसमा औसत ४.८३४ प्रतिशत रहेको ब्याजदर माघमा ४.६८४५ प्रतिशतमा झरेको हो ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेसँगै बचत तथा संस्थागत मुद्दतीको ब्याजदर पनि घट्ने सम्भावना बढेको छ ।
हेरौं माघ महिनाका ब्याजदरः


Categorized in बैंक