४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बारा जिल्लामा दलितलाई मन्दिर प्रवेश रोक लगाएकोमा विरोध प्रर्दशन


प्रकाशित: बुधबार, २० भाद्र २०७५, १४ः१५ बजे
- महानगरखबर

काठमाडौं । दलितलाई मन्दिर प्रवेशमा रोक लगाएको भन्दै बारा जिल्लामा दिनहुँजसो विरोध प्रदर्शन भईरहेको छ ।


मन्दिरमा प्रवेश गर्न कथित उपल्लो जातिका मानिसले दलितलाई बाराको सिमरौनगढ–७ झवानीमा रहेको महादेव मन्दिरमा पूजा गर्न रोक लगाएपछि विभिन्न सङ्घसंस्थाले नारा जुलुस गर्दै सो कार्यको विरोध जनाएका छन् । 


नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको गरेको छ । 


तर भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत रहेको छ । संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको भेद्भाव तथा छुवाछूत गरिंदैन भन्ने उल्लेख छ । 


तर संविधानलाई नै वे–वास्ता गरी केही दिनयता बारा जिल्लामा दलितलाई मन्दिर प्रवेशमा रोक लगाएपछि दिनहुँ विरोध प्रदर्शन हुने गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex