७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सानेपामा विशेष महाधिवेशन पक्षधरको प्रदर्शन


प्रकाशित: मंगलवार, २२ पुस २०८२, १४ः०७ बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज विशेष महाधिवेशन पक्षधरका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन ।


उनीहरूले पार्टीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने माग गर्दै सानेपामा प्रदर्शन गरे । 


कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यकर्तालाई केन्द्रीय कार्यालयको प्रवेशद्वारबाट भित्र जान रोक्दा कार्यकर्ताहरूले त्यसको विरोधमा प्रदर्शन गरेका हुन ।  प्रदर्शनकारीहरूले पार्टीका वरिष्ठ नेताहरूलाई केन्द्रीय कार्यालय गेटमै रोक्दै विशेष महाधिवेशनको माग गर्दै आवाज उठाए ।


केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन आएका नेताहरूलाई विरोध प्रदर्शनको बीचबाट जान आग्रह गरिएको थियो । 


प्रदर्शनका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय क्षेत्रमा सुरक्षा कडा गरिएको छ र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


पार्टीका केही नेताहरूले विशेष महाधिवेशनको आवश्यता भएको बताउँदै आएका छन, भने केही नेताहरूले पार्टीको एकता कायम राख्नका लागि अन्य उपायहरू अपनाउनुपर्ने कुरामा जोड दिइरहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex