१२ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

खोला किनार थप २० मिटर मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन (तस्वीरहरु) 


प्रकाशित: विहिवार, १७ पुुस २०८२, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर क्षेत्र छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र त्यसको कार्यान्वयनसम्बन्धी काठमाडौं महानगरपालिकाको सूचनाविरुद्ध स्थानीय बासिन्दाले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन । 


‘गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समिति’को ब्यानरमा सडकमा उत्रिएका प्रदर्शनकारीले ‘फैसला होइन न्याय देऊ’, ‘मापदण्डका नाममा जनता विस्थापित गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए । 

 


प्रदर्शनकारीहरूले खोला किनारमा लागू गरिएको थप मापदण्डका कारण हजारौँ सर्वसाधारणको उठिबास हुने, वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गा तथा घरधुरीको अधिकार खोसिने जोखिम रहेको बताएका छन ।


उनीहरूले राज्यले वैकल्पिक व्यवस्था नगरी एकाएक मापदण्ड लागू गर्नु अन्यायपूर्ण भएको दाबीसमेत गरे ।

 


यसअघि सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला तथा नदी किनारबाट थप २० मिटर क्षेत्रभित्र कुनै पनि निर्माण कार्य रोक्न आदेश दिएको थियो ।


उक्त आदेशको आधारमा स्थानीय तहले सूचना जारी गरेपछि प्रभावित बासिन्दामा असन्तोष बढ्दै गएको छ ।

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex