२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दलहरुले आज र भोलिभित्र समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्नु पर्ने


प्रकाशित: आइतवार, १३ पुस २०८२, १०ः४५ बजे
- महानगरखबर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेश गर्ने प्रक्रिया आइतबारदेखि सुरू भएको छ ।


निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा पेश गरिसक्नुपर्नेछ । 


बन्द सूची पेश गर्दा प्रचलित ऐनले तोकेबमोजिमको विधि, प्रक्रिया तथा आवश्यक प्रमाण कागजात पूरा गर्न आयोगले दलहरूलाई निर्देशन दिएको छ ।


आयोगले तोकेको समयअनुसार दुवै दिन अपराह्न ४ बजेसम्म कार्यालय समयमा आयोग परिसरभित्र रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा बन्द सूची पेश गर्नुपर्नेछ ।


यसैबीच, आयोगले राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन कार्यक्रममा उल्लेख गरिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अगावै सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने स्पष्ट पारेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex