२९ आश्विन २०८३, बिहिबार
Header

नेपाल–चीन पारवहन सम्झौतालाई अन्तिम रुप दिन आज बैठक


प्रकाशित: बुधबार, २० भाद्र २०७५, ०८ः१३ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल–चीन परवाहान यातायात सम्झौतालाई अन्तिम रुप दिन दुवैदेशका अधिकारीहरुको बैठक राजधानीमा बस्दैछ । 


दुबै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि २ दिनसम्म चल्ने भएको छ । 


उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्नेछन भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालयअन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्नेछ । 


बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex