काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएको बलप्रयोगलगायत घटनाको छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद थप गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले आयोगलाई प्रतिवेदन बुझाउन थप एक महिनाको समय दिएको हो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन । सरकारले गत ५ असोजमा आयोग गठन गर्दै तीन महिनाभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन बुझाउन समयसीमा तोकेको थियो ।
तर निर्धारित समयमा काम पूरा हुन नसकेपछि सरकारले आयोगलाई थप एक महिनाको समय दिएको हो । आयोगले घटनासम्बन्धी अधिकांश सरोकारवालाहरूको बयान लिइसकेको जनाइएको छ ।
आयोगले थपिएको समयभित्र बाँकी प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ ।
Categorized in राष्ट्रिय