२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कांग्रेस काठमाडौं क्षेत्र नं. ७ बाट यी उम्मेदवारहरु सिफरिस भए


प्रकाशित: बुधवार, २ पुस २०८२, १८ः५५ बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ ले आगामी प्रतिनिधिसभा, समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।


क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ जनाको नाम सिफारिस गरेको हो ।


सिफारिस हुनेमा नीलकाजी शाक्य, सरोजकुमार थापा, प्रमोदहरि गुरागाई, विनोद पन्त, सबिन तामाङ, पुनम लामा, सुशील भट्ट, धर्मराज अर्याल, सुरेन्द्र श्रेष्ठ, अन्जु सिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्त मान सिंह मास्के, राजिव श्रेष्ठ, रामशरण थापलिया र शर्मिला फुँयाल रहेका छन । 


यसैगरी समानुपातिकतर्फ प्रमिलादेवी सिंह डगोल, विजयबहादुर माली, बासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, शशी थापा, सिर्जना लामिछाने र हेराकाजी प्रजापतिको नाम सिफारिस गरिएको छ ।


राष्ट्रिय सभातर्फ कृष्ण बानियाँ (सबुज), प्रमिलादेवी सिंह डंगोल, सीताराम केसी, डिल्लीराम नकर्मी, नगेन्द्रध्वज कार्की र गोमादेवी पौडेलको नाम सिफारिस भएको छ ।


कांग्रेस काठमाडौं क्षेत्र नं. ७ ले सिफारिस गरिएका नामहरूलाई पार्टीको केन्द्रीय निर्णयअनुसार अन्तिम टुंगो लगाइने जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex