२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एमाले ११औँ महाधिवेशनः साढे ११ बजेसम्म साढे तीन सय मत खस्यो


प्रकाशित: बुधवार, २ पुस २०८२, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । 


एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । 


एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ ।


मतदानको सुरुवातमा अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन ।


एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग भएको छ । 


मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।‍
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex