काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेका छन ।
सरकारी निवेदन तथा कागजातमा आधिकारिकताका लागि टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णय पनि गरेको छ ।
प्रचलित कानूनले व्यवस्था गरेको बाहेक अब यस्तो अभ्यास लागू नहुने सरकारको भनाइ छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेले बैठकका निर्णयहरु सार्वजनिक गर्दै उक्त जानकरी दिएका हुन ।
त्यसैगरी, बैठकले सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।
आयोगको सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठलाई पनि नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले सन २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम भारतीय रुपैयाँ २५ हजारसम्म भारतबाट नेपालमा भित्र्याउन तथा नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको छ ।
बैठकले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
उक्त समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिंहना रहनेछन ।
समितिका सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन ।
सरकारले समसामयिक राजनीतिक विषयमा संवाद र सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले उक्त समिति गठन गरेको जनाएको छ ।
Categorized in राष्ट्रिय