१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

पुस महिनाको लागि यस्तो छ, बैंक ब्याजदर 


प्रकाशित: मंगलवार, १ पुस २०८२, १०ः२० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएपछि वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर थप घटाएका छन । 


राष्ट्र बैंकले हालैको मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरेको थियो ।  


यसपछि बैंकहरूले पुसका लागि सार्वजनिक गरेको ब्याजदर मंसिरको तुलनामा घटेको देखिएको छ ।


२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले घटेको छ । मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ५.०४ प्रतिशत रहेकोमा पुसमा घटेर ४.८३ प्रतिशतमा सीमित भएको छ ।


पुसमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल झरेको छ । मंसिरमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा उक्त दर घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।


मंसिरको तुलनामा पुसमा १३ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन भने ७ वटा बैंकले स्थिर राखेका छन ।


ब्याजदर घटाउने बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र नेपाल एसबीआई बैंक रहेका छन ।


त्यस्तै माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंकले ब्याजदर स्थिर राखेका छन ।


हेरौं ब्याजदरः 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex