२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एमालेको बन्द सत्र आजबाट, २५१ सदस्यीय केन्द्रीय समिति चयन हुने


प्रकाशित: आइतवार, २८ मंसिर २०८२, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । 


बन्दसत्र दिउँसो १२ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बिहान ८ बजेबाट सुरु हुने भनिए पनि केन्द्रीय समितिको बैठक बस्नुपर्ने भएकाले बन्दसत्रको समय सारिएको हो ।


बन्दसत्रमा देशभरबाट चयन भएका २ हजार २६२ जना प्रतिनिधि सहभागी हुनेछन । 


उनीहरूले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन ।


महाधिवेशनको उद्घाटन हिजो भक्तपुरको सल्लाघारीमा भएको थियो । विधान महाधिवेशन भने यसअघि नै सम्पन्न भइसकेकाले एमाले आजबाट सिधै नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो ।


नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दाबेदार छन । 


सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास गरिने भए पनि सहमति जुट्न नसके मतदानमार्फत निर्णय गर्ने एमालेको तयारी छ । मतदान भए विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने जनाइएको छ ।


तस्वीरः अनलाइनखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex