४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भारतको बैरिखल्ला जंगलमा हराईरहेका ४ नेपाली मध्ये एकको शव भेटियो


प्रकाशित: मंगलबार, १९ भाद्र २०७५, २०ः५३ बजे
- महानगरखबर

काठमाडौं । भारतको बहराईच जिल्लाको बैरिखल्ला जंगलमा १५ दिन अघिदेखि हराईरहेको चार नेपाली मध्ये १ को शव भेटी नेपाल ल्याएको छ । 


राजापुर नगरपालिका–ं६ बस्ने ४५ वर्षीय हाङ्ले भन्ने ईन्दबहादुर चौधरीको शव फेला पारी नेपाल ल्याएको हो । 


बाँकी तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ । बेपत्ताका आफन्तले खोजी गरिदिन आग्रह गर्दै आएका छन । 


भदौ ७ गते साँझदेखि हराएका बर्दिया राजापुर नगरपालिका–ं६ बस्ने वर्ष ४५ का वीरेन्द्रबहादुर शाह, सोही ठाउँ बस्ने वर्ष ४३ का डिब्बु भन्ने बालकृष्ण चौधरी र सोहीे ठाउँ बस्ने वर्ष ४० का गोपाल चन्दको जोजी कार्य जारी छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex