२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री कार्कीद्वारा चौथो पटक मन्त्रिपरिषद् विस्तार


प्रकाशित: शुक्रवार, २६ मंसिर २०८२, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार चौथो पटक क्याबिनेट विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेकी छन । 


राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई शपथ गराएका हुन । 


श्रद्धा श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक,  माधव चौलागाईँ, वन तथा वातावरण मन्त्री, राजेन्द्रसिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, कुमार इङ्नाम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका हुन । 


यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।


कुमार इङ्नाम अधिवक्ता हुन भने चौलागाईँ, जनस्वास्थ्यविद् तथा ‘सपादलक्ष कर्णाली’ पुस्तकका लेखक हुन । 


त्यसैगरी, राजेन्द्रसिंह भण्डारी, पूर्व एआईजीm श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन । 


शपथ ग्रहण समारोह राष्ट्रपति भवन, शीतल निवासमा सम्पन्न भएको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ व्यक्तिहरू उपस्थित थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex