१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सिटिजन्स बैंक फेरि ‘बैंक अफ द इयर’


प्रकाशित: शुक्रवार, १९ मंसिर २०८२, १२ः४५ बजे
- महानगरखबर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस वर्ष पनि ‘बैंक अफ द इयर’ अवार्ड हात पारेको छ । 


लण्डनमा आयोजित विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज न्यौपानेले अवार्ड ग्रहण गरेका हुन् ।


यो प्रतिष्ठित अवार्ड विश्वका १३२ मुलुकका उत्कृष्ट ठहरिएका बैंकहरूलाई प्रदान गरिन्छ। नेपालबाट सिटिजन्स बैंकले अवार्ड पाएको बैंकले जनाएको छ । 


बैंकिङ क्षेत्रको प्राविधिक स्तरोन्नति, नयाँ उत्पादन विकास, वित्तीय समावेशीकरण, दिगो बैंकिङ अभ्यास तथा समग्र प्रभावकारी सेवाका आधारमा ‘बैंक अफ द इयर’ अवार्ड डिसेम्बर ४ मा प्रदान गरिँदै आएको छ । 


सिटिजन्स बैंकले यी क्षेत्रमा गरेको अग्रसरता अवार्डको प्रमुख आधार बनेको बताइएको छ ।


यसअघि पनि बैंकले सन् २०२४ मा यही अवार्ड पाएको थियो। निरन्तरता पाउँदो उपलब्धीले ग्राहक, सेयरधनी र कर्मचारीको विश्वास झन् मजबुत बनेको बैंकका सीईओ न्यौपानेले बताए ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex