१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

बिहान धोबीखोलामा भेटिएका शवको पहिचान खुल्यो


प्रकाशित: विहिवार, १८ मंसिर २०८२, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका–२९ अन्तर्गत धोबीखोलामा बिहीबार बिहान मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का ५० वर्षीय ललित गिरी हुन । 


शंखमुलमा बस्दै आएका गिरी बिहीबार बिहान करिब ६ः५० बजे मदन भण्डारी कलेज अगाडिको धोबीखोलामा साइकलसहित मृत अवस्थामा फेला परेका थिए ।


प्रहरीका अनुसार गिरीको शव उनकी श्रीमतीले सनाखत गरेकी छिन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex