काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई पितृ शोक परेको छ ।
शाहका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो ।
आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो । अस्पताल लगिएको बेला नै उनको होस कमजोर रहेको र अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सोमबार मध्याह्न उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पताल अनुसार रामनारायण शाहलाई पिसाबसम्बन्धी संक्रमण (यूटीआई) देखिएको थियो, जुन क्रमशः शरीरभरि फैलिएको थियो ।
प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेकी थिइन । उनले मेयर बालेन शाहलाई भेटेर रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन ।
आयुर्वेद चिकित्सक रहेको रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन ।
Categorized in समाज