२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

६ करोडभन्दा बढीको क्रिप्टो कारोबार आरोपमा युवक पक्राउ


प्रकाशित: शुक्रवार, १२ मंसिर २०८२, १३ः३० बजे
- महानगरखबर

काठमाडौँ ।  ६ करोडभन्दा बढी रकम बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौँ–१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार भद्रकाली क्षेत्रबाट पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले बताए । 


रौतहटको गरुडा स्थायी घर भएका शाहमाथि अनलाइनमार्फत अभौतिक कारोबार र ठगीसहितका गतिविधि गरेको भन्ने आरोप छ ।


प्रहरीका अनुसार शाहले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको तथ्य खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।


सो प्रकरणमा प्रहरीले अभौतिक कारोबार (क्रिप्टो) नगर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गरेको आधारमा अनुसन्धान अघि बढाएको छ ।


यसअघि बुधबार पनि काठमाडौँ प्रहरीले डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई नियन्त्रणमा लिएको थियो । उनले १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ भन्दा बढी बराबरको रकम क्रिप्टो कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex