२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सामाजिक सुरक्षा कोषमा २६ लाख ५० हजार श्रमिक आवद्ध, ९५ अर्बभन्दा बढी जम्मा


प्रकाशित: विहिवार, ११ मंसिर २०८२, १८ः४५ बजे
- महानगरखवर

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म २६ लाख ५० हजार श्रमिक आवद्ध भएका छन ।


कोषका अनुसार श्रमिकहरूले जम्मा गरेको ९५ अर्ब ६८ करोड रुपैयाँसहित कुल एक खर्ब २६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको छ ।


कोषले लगानी गरेको रकममध्ये ५८ अर्ब ८८ करोड ६२ लाख रुपैयाँ बैंकको म्यादित निक्षेप (मुद्धती रसिद) मा राखिएको छ । 


त्यस्तै ३२ अर्ब १८ करोड ९५ लाख ट्रेजरी बिलमा र एक अर्ब ९ करोड ९५ लाख रुपैयाँ म्युचुअल फन्डमा लगानी गरिएको छ । केही रकम सुविधा भुक्तानीका लागि बैंक खातामा सुरक्षित राखिएको कोषले जनाएको छ ।


हालसम्म सापटी (लोन) का नाममा योगदानकर्ताले ७ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ सुविधा पाएका छन ।  


सामाजिक सुरक्षा योजना २०७५ मंसिर ११ गतेदेखि लागू भएको हो । 


सुरुआतमा औपचारिक क्षेत्रका श्रमिकलाई लक्षित योजनामा अहिले वैदेशिक रोजगार, अनौपचारिक क्षेत्र, स्वरोजगार तथा निजी क्षेत्रका विभिन्न श्रमिक समूह समेटिने क्रम जारी छ ।


सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षामा अनिवार्य समावेश गर्ने घोषणा गरे पनि व्यावहारिक रूपमा धेरै श्रमिक अझै योजनाभित्र आउन सकेका छैनन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex