७ भाद्र २०८३, आइतबार
Header

निर्वाचनमा भाग लिन अहिले सम्म यी दलहरुले दिए निवेदन


प्रकाशित: आइतवार, ७ मंसिर २०८२, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न तोकिएको समयसीमा सकिन लाग्दा शुक्रबारसम्म ४० राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन ।


आयोगले मंसिर १ देखि १० गतेसम्म दर्ता अवधि तोकेको थियो । 


यो अवधी सकिन लाग्दा मुख्य दुई ठूला दल कांग्रेस र एमालेले भने अझै दल दर्ता गराएका छैनन । सत्तारूढ कांग्रेसले शनिबार मात्र निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।


तर एमालेले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग उठाइरहेकाले अहिलेसम्म दर्ता आवेदन दिएको छैन । 


आयोगले हाल प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनका लागि दल दर्ताको प्रक्रिया अघि बढाइरहेको छ ।


११ माघमा रिक्त हुने राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनका लागि अहिलेसम्म ८ दल दर्ता भइसकेका छन ।


आयोगमा सूचीकृत दलको संख्या १२९ पुगेको छ । 


पछिल्लो चरणमा १० नयाँ दल दर्ता भएका छन ।  सूचीकृत दलले पनि चुनावमा भाग लिन पुनः दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ ।


दल दर्ताका लागि ५ सय जना समर्थक उपस्थित भएर सनाखत गर्नुपर्ने प्रावधानले धेरै नयाँ दललाई चुनौती परेको आयोगका कर्मचारी बताउँछन । 


मतदाता नामावलीमा नयाँ ८ लाख ३७ हजार नाम


नयाँ मतदाता दर्ताका लागि ५ मंसिरसम्म खुलेको अवधि भित्र ८ लाख ३७ हजार ९४ जनाले आवेदन दिएका छन ।


अहिले देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता छन । 


आयोगले २० मंसिरमा प्रारम्भिक नामावली तथा १५ पुसमा अन्तिम नामावली प्रकाशित गर्नेछ ।


प्रतिनिधिसभा निर्वाचनमा भाग लिन निवेदन दिएका ४० दल


१. नेपाली कम्युनिस्ट पार्टी


२. राष्ट्रिय स्वतन्त्र पार्टी


३. जनता समाजवादी पार्टी नेपाल


४. जनमत पार्टी


५. जनता समाजवादी पार्टी


६. नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)


७. नागरिक उन्मुक्ति पार्टी नेपाल


८. नेपाल सद्भावना पार्टी


९. राष्ट्रिय जनमोर्चा


१०. नेपाल जनता संरक्षण पार्टी


११. नेपाल जनता पार्टी


१२. राष्ट्रिय समता पार्टी नेपाल


१३. संयुक्त नागरिक पार्टी


१४. नेपाल जनमुक्ति पार्टी


१५. नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)


१६. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल


१७. नेपाल परिवार दल


१८. राष्ट्रिय जनता पार्टी नेपाल


१९. नेपाल मानवतावादी पार्टी


२०. समावेशी समाजवादी पार्टी नेपाल


२१. जनप्रजातान्त्रिक पार्टी नेपाल


२२. विकासशील जनता पार्टी


२३. राष्ट्रिय नागरिक पार्टी


२४. राष्ट्रिय परिवर्तन पार्टी


२५. नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)


२६. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च


२७. राष्ट्रिय एकता दल


२८. संघीय नेपाल पार्टी


२९. गतिशील लोकतान्त्रिक पार्टी


३०. नेपाल जनश्रमदान संस्कृति पार्टी


३१. राष्ट्रिय साझा पार्टी


३२. परिवर्तन पार्टी


३३. देश विकास पार्टी


३४. प्रगतिशील लोकतान्त्रिक पार्टी


३५. देशभक्त समाज


३६. नेपाल लोकतान्त्रिक पार्टी


३७. नेपाल मजदुर किसान पार्टी


३८.आम जनता पार्टी


३९. मंगोल नेसनल अर्गनाइजेसन


४०. बहुजन शक्ति पार्टी


नयाँ दर्ता भएका १० दल


१. हर्कराज राईको श्रम संस्कृति पार्टी


२. दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी


३. कविर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल


४. राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी


५. रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी


६. नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)


७. अकबर खानको राष्ट्र निर्माण दल नेपाल


८. योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल


९. प्रशान्त सिंहको पिपुल फस्र्ट पार्टी


१०. अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी

asteriskhubs
Home Page Bottom Second


maharjan complex