काठमाडौं । भारतको सुचना तथा प्रशारण मन्त्रालयलले भारतीय टिवी च्यानलहरुलाई ‘दलित’ शव्दको प्रयोग नगर्न सुझाव दिएको छ ।
मन्त्रालयको अनुसार ‘दलित’ शव्दको बदलामा ‘अनुसूचित जाती’ शव्दको प्रयोग गर्न भनेको छ ।
मुम्बई उच्च अदालतले जुनमा मन्त्रालयलाई मिडियामा प्रयोग गरिने ‘दलित’ शव्दमा रोक लागाउन विचार गर्न भने बमोजिम सुझाव दिएको विविसी हिन्दीमा उल्लेख छ ।
हाल टिभी च्यानलहरुलाई मात्र आग्रह गरिएको छ । आगमी दिनमा पत्रिकाहरुमा पनि हुने नहुने अहिले निश्चत नभएको जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय