११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि दिइन यस्तो प्रतिक्रिया


प्रकाशित: सोमवार, १ मंसिर २०८२, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । बंगलादेशको एक विशेष न्यायाधिकरणले सोमबार पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 


अदालतले उनलाई २०२४ को जुलाई–अगस्ट महिनामा भएको विद्यार्थी–आन्दोलन दमनको क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गरेको हो । 


अदालतले हसिनामाथि “मानवताविरुद्धको अपराध” का अनेक आरोप लगाएको छ, जसमा नागरिकहरूमाथि गोली चलाउने, हेलिकोप्टर र ड्रोन प्रयोग गर्ने आदेश दिनेजस्ता कृत्य पनि छन । 


अभियोजनपक्षले हसिनालाई १,४०० भन्दा बढी व्यक्तिको हत्या र हजारौँ घाइते पर्ने दुवै घटनामा जिम्मेवार ठहराएको छ । 


हसिनासँगै, पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड दिइएको छ भने पूर्व प्रहरी महाअधिकारी चौधरी अब्दुल्लाह अल ममुनलाई ५ वर्ष कैद सजाय सुनाइएको छ।

 
अदालतको फैसलापछि पूर्वप्रधानमन्त्री हसिनाले भारतबाटै प्रतिक्रिया दिएकी छिन । 


फैसलाको घोषणाकै बेला भारतमा निर्वासनमा रहेकी हसिनाले भारतको नयाँ दिल्लीबाट इन्डिया टुडेसँग कुरा गर्दै हसिनाले अदालतको निर्णयलाई पक्षपाती, राजनीतिक उद्देश्यले प्रेरित र लोकतान्त्रिक जनादेश विपरीत भएको प्रतिक्रिया दिइन । 


हसिनाले आफू माथि लगाइएका सबै आरोप अस्वीकार गर्दै निष्पक्ष अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा लड्न तयार रहेको बताइन । 


‘युनुसले असंवैधानिक रूपमा सत्ता कब्जा गरे’ उनले उल्लेख गरिन । 


अतिवादी समूहको समर्थनमा अवामी लिगका कार्यकर्तामाथि प्रतिशोधात्मक सैनिक कारबाही गरिएको उनको भनाई छ । 


निर्वाचनअघि बंगलादेशमा तनाव चुलियो


फेब्रुअरीमा आम निर्वाचन नजिकिँदै गर्दा हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसला बंगलादेशमा राजनीतिक तनाव थप चुलिएको संकेत मानिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex