काठमाडौं । झापाको मेचिनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासोनोबाट कर्मचारीको टिप्स चोर्ने युवकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
प्रहरीले मेचीनगर–६ कै २५ वर्षीय मिलन श्रेष्ठलाई चोरी रकम ११ लाख ९३ हजार रुपियाँ सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार श्रेष्ठले क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर सो रकम चोरी गरको हो ।
श्रेष्ठ पनि क्यासिनोमै काम गर्ने कर्मचारीको रहेको खुलेको छ ।
Categorized in समाज