काठमाडौं । सोमबारदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को खेल देश–विदेशका दर्शकले विभिन्न माध्यमबाट प्रत्यक्ष हेर्न सक्ने भएका छन ।
प्रतियोगिता कान्तिपुर म्याक्स च्यानलमार्फत नेपालभर लाइभ प्रसारण हुनेछ ।
विदेशमा रहेका दर्शकका लागि एनपिएल स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ ।
त्यस्तै इंटरनेट प्रयोगकर्ताले डिशहोम गो एपमा निर्धारित शुल्क तिरेर खेल हेर्न सक्नेछन ।
यस संस्करणको एनपिएल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ । नेपालमा पहिलोपटक क्रिकेट प्रतियोगिता फ्लडलाइटको मुनि आयोजना हुन लागेको हो । रात्रीकालीन खेलले लिगको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।
Categorized in मनोरन्जन