काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रीपरिषद्का ८ जनाले सम्पत्ति विवरण बुझाएका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हालसम्म मन्त्रीहरुको सम्पत्ति दर्ता प्राप्त गर्ने क्रम जारी छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की २७ भदौमा प्रधानमन्त्री बनेकी थिइन ।
त्यसपछि ३० भदौमा उनले तीनजना मन्त्री नियुक्त गरेकी थिइन ।
पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्धनिर्देशक कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री, र अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्रीका रूपमा नियुक्त भए ।
दोस्रो चरणका ६ असोजमा चार मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीहरु अनिलकुमार सिन्हा — उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महावीर पुन — शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियार — कृषि तथा पशुपन्छी विकास र जगदीश खरेल — सञ्चार तथा सूचना प्रविधि नियुक्त भएको थियो ।
यीमध्ये सञ्चारमन्त्री जगदीश खरेलले मात्रै सम्पत्ति विवरण बुझाउन बाँकी छ ।
तेस्रो चरण ९ कात्तिकमा मन्त्रिपरिषद् विस्तारमा जिम्मेवारी पाएका पूर्वस्वास्थ्य सचिव सुधा शर्मा गौतम — स्वास्थ्य तथा जनसंख्या, बब्लु गुप्ता — युवा तथा खेलकुद हुन ।
यीमध्ये खेलकुद मन्त्री गुप्ताले सम्पत्ति विवरण बुझाइसकेका छन भने स्वास्थ्यमन्त्री सुधा गौतमले बुझाउन बाँकी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार सम्पत्ति विवरण बुझाउने प्रक्रिया जारी छ ।
Categorized in राष्ट्रिय