ललितपुर । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपाली संस्कृति र परम्पराको संरक्षणका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय संवत ११४६ को अवसरमा ताम्राकार समाजले शनिबार उग्रचण्डी मन्दिर परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपप्रमुख शाक्यले नेपाल संवतले सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै समृद्धिको बाटोमा अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “संस्कृति सम्पदा संरक्षणमा हामीले विशेष ध्यान दिनुपर्छ। हाम्रो परम्पराको जगेर्ना हाम्रो जिम्मेवारी हो । सचेत र एकताबद्ध भएर अघि बढे मात्र हामीले नेपाललाई विश्वमा चिनाउन सक्छौं ।”
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ललितपुरको कला, संस्कृति र सभ्यतालाई जीवन्त राख्न देशका विभिन्न भागबाट बसोबास गर्न आएका नागरिकलाई पनि समेट्दै ज्ञान, सीप र क्षमताको हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, नेपाल संवत राष्ट्रिय न्हुदँ समारोह समिति ११४६ का अध्यक्ष प्रेमहिरा तुलाधरले नेपाल संवतलाई देशको कामकाजी भाषाको रूपमा मान्यता दिनु गौरवको विषय भएको बताउनुभयो ।
उहाँले नेपाल संवत सम्पूर्ण नेपालीहरूको आफ्नै मौलिक संवत भएको र यसले राष्ट्रिय पहिचान झल्काउने उल्लेख गर्नुभयो ।




तस्वीरहरुः नवराज कुँवर/महानगरखबर
Categorized in बजार