१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्य पाँच दिन यता लगातर बढ्दै, आज पनि बढ्यो


प्रकाशित: सोमवार, २४ कात्तिक २०८२, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा तीव्र वृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको छ ।


आइतबारसम्म सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा भइरहेको थियो । 


लगातार पाँच दिनदेखि सुनको मूल्य उकालो लागिरहेको छ । कात्तिक १९ गते प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ रहेको सुन अहिले सम्ममा ४ हजार ३ सय रुपैयाँले बढिसकेको हो । 


यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च दर २ लाख ५८ हजार रुपैयाँ पुगेर रेकर्ड बनेको थियो । 


सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १५ रुपैयाँ रहेको चाँदी सोमबार ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 


असोज ३१ गते चाँदीको मूल्य प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex