१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

७०औं प्रहरी दिवसमा पार्वती महर्जनलाई नेपाल प्रहरीद्वारा ‘कदरपत्र’ प्रदान


प्रकाशित: शुक्रवार, २१ कात्तिक २०८२, १९ः२० बजे
- महानगरखबर

ललितपुर । शान्त र सुरक्षित समाज निर्माणमा उल्लेखनीय योगदान पुराउने ललितपुरकी पार्वती महर्जनलाई नेपाल प्रहरीले ‘कदरपत्र’ प्रदान गरेको छ।


नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौंले ७०औं प्रहरी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममार्फत महर्जनलाई यो सम्मान प्रदान गरेको हो । 


गोदावरी नगरपालिका–१३, झरुवारासी, ललितपुरकी महर्जनले प्रहरी कार्य तथा अपराध अनुसन्धानको क्षेत्रमा पुर्‍याएको सहयोग र सक्रियताका कारण नेपाल प्रहरीले उनको योगदानको उच्च मूल्यांकन गर्दै कदरपत्र प्रदान गरेको जनाएको छ । 


नेपाल प्रहरीले महर्जनको निरन्तर साथ, सहयोग र उत्तरोत्तर प्रगतिका शुभकामना समेत व्यक्त गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex