काठमाडौं । अमेरिकी अटोमोटिभ र क्लिन एनर्जी कम्पनी टेस्ला इंक का सीईओ एलन मस्कको तलब अब एक ट्रिलियन डलर हुने भएको छ ।
कम्पनीका शेयरधनीहरूले मस्कका लागि तयार गरिएको ऐतिहासिक ‘सेलरी प्याकेज’लाई अनुमोदन गरेका हुन ।
कम्पनीको वार्षिक बैठकमा उक्त प्रस्तावमा ७५ प्रतिशत शेयरधनीले पक्षमा मत दिएका टेस्लाले जनाएको छ ।
यो अहिलेसम्म कुनै पनि कर्पोरेट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) का लागि मञ्जुर गरिएको सबैभन्दा ठूलो तलब प्याकेज मानिएको छ ।
पछिल्ला दिनहरूमा टेस्ला बोर्ड, मस्क स्वयं र लगानीकर्ताहरूबीच उक्त प्रस्तावका पक्षमा अभियान चलाइएको थियो ।
अब मस्कले आफ्नो तलब प्राप्त गर्नका लागि कम्पनीको बजार मूल्यमा वृद्धि गर्ने र कार बिक्रीमा आएको सुस्ती हटाएर तीव्रता ल्याउने जिम्मेवारी पूरा गर्नुपर्नेछ ।
यसअघि पनि मस्कको तलब र बोनस योजना कम्पनीको मूल्य र प्रदर्शनसँग प्रत्यक्षरूपमा जोडिएको थियो, जसका कारण उनले विश्वकै धनी व्यक्तिहरूमध्ये एकको रूपमा स्थान कायम गर्न सफल भएका छन ।
Categorized in अन्तर्राष्ट्रिय