८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

१ लाख ३६ हजारभन्दा बढी नयाँ मतदाता थपिए


प्रकाशित: शुक्रवार, २१ कात्तिक २०८२, ०९:४० बजे
- महानगरखबर

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म १ लाख ३६ हजार ६० नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।


आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार मात्रै ११ हजार १९७ जना नयाँ मतदाता दर्ता भएका छन तीमध्ये ६ हजार ४६१ जना पुरुष, ४ हजार ७३४ जना महिला र २ जना अन्य लिङ्गका रहेका छन । 


आयोगले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेको छ । 


कात्तिक ३० गतेभित्र नाम दर्ता गराएका मतदाताले मात्रै आगामी निर्वाचनमा भोट खसाल्न पाउने आयोगले जनाएको छ ।


भट्टराईका अनुसार मतदाता दर्ता प्रक्रिया देशभरका जिल्ला तथा स्थानीय तहका कार्यालयमार्फत निरन्तर सञ्चालनमा छ, र आयोगले नागरिकलाई समयमै नाम दर्ता गर्न आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex