८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

१० वटा कम्युनिस्ट घटकहरू मिली बनेको नेकपाले जारी गरे २३ बुँदे प्रतिवद्धता


प्रकाशित: बुधवार, १९ कात्तिक २०८२, १८ः२५ बजे
- महानगरखबर

काठमाडौं । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएर नयाँ दल ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) गठन भएको छ । 


बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक भव्य समारोहबीच पार्टीको औपचारिक घोषणा गरिएको हो । 


कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी लगायतका घटक दलहरूबीच एकता घोषणा गरिएको थियो । 


नवगठित पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल चयन गरिएको छ ।


प्रस्ताव नेता महेन्द्र राय यादवले राखेका थिए, जसलाई सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । 


घोषणा समारोहका क्रममा पार्टीका नेता देव गुरुङले नवगठित दलको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए ।


घोषणापत्रमा समाजवाद उन्मुख अर्थनीति, राष्ट्रिय एकता सुदृढीकरण, सुशासन, भ्रष्टाचार नियन्त्रण, समानता र समावेशी लोकतन्त्र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उल्लेख गरिएको छ ।


कार्यक्रममा विभिन्न दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको व्यापक उपस्थिति रहेको थियो । 


हेरौं प्रतिवद्धता पत्रः

 

 


तस्वीरः ईकान्तिपुर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex