८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गर्ने


प्रकाशित: सोमवार, १७ कात्तिक २०८२, १४ः३३ बजे
- महानगरखबर

काठमाडौं । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । 


विभागले सार्वजनिक विदा बाहेक प्रत्येक दिन राहदानी उपलब्ध गराउने जनाएको छ ।


विभागका अनुसार विद्युतीय राहदानी (ई–पासपोर्ट) आपूर्तिका लागि गत साउनमा नयाँ आपूर्तिकर्तासँग खरिद सम्झौता गरिसकिएको छ । 


उक्त सम्झौताअनुसार नयाँ पूर्वाधार तथा प्रणाली निर्माण कार्य भइरहेको र आगामी फागुन ११ गतेदेखि नयाँ सेवाको औपचारिक सुरुवात हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


हाल नयाँ र पुराना आपूर्तिकर्ताबीचको संक्रमणकालीन अवस्था (ह्यान्डओभर र टेकओभर), राहदानी पुस्तिकाको सीमित मात्रा र सेवाग्राहीको अत्यधिक चापका कारण राहदानी वितरणमा केही समस्या आएको विभागले जनाएको छ ।


विभागले राहदानी अभाव नहोस् भनेर आवश्यक पहल भइरहेको बताउँदै अर्को सूचना नआएसम्म अत्यावश्यक सेवाग्राहीले मात्र राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ ।


यस्तै, राहदानी सेवासम्बन्धी कार्यमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन पनि विभागले सबैलाई सचेत गराएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex