८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने


प्रकाशित: शुक्रवार, १४ कात्तिक २०८२, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क तिर्नुपर्ने भएको छ ।


सरकारले जारी गरेको छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ अनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि पाँच हजार रुपैयाँ र नवीकरणका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको हो ।


यो व्यवस्था १३ कात्तिकमा राजपत्रमा प्रकाशित सूचनामार्फत सार्वजनिक गरिएको हो ।

 
गत ९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेको थियो ।

 
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, अब अनलाइन मिडिया दर्ता र नवीकरणको सम्पूर्ण प्रक्रिया सूचना तथा प्रसारण विभागमार्फत हुने छ ।


यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको थियो । 


पछिल्लो संशोधनसँगै यो प्रक्रिया पुनः सुरु हुने र शुल्कसमेत लागू हुने भएको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex