८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आयोगले माग्यो निर्वाचन पर्यवेक्षणको लागि आवेदन


प्रकाशित: मंगलवार, ११ कात्तिक २०८२, १८ः२५ बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूसँग निवेदन माग गरेको छ ।


आयोगले मंगलबार सूचना जारी गर्दै आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेश गर्न आह्वान गरेको हो ।


आयोगका अनुसार काठमाडौं उपत्यकाभित्रका संस्थाले निवेदन प्रत्यक्ष रूपमा निर्वाचन आयोगमा बुझाउन सक्नेछन भने अन्य जिल्लाका संस्थाले सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन ।


निवेदनमा संस्था दर्ताको प्रमाणपत्र, विधान, नविकरण प्रमाणपत्र, कार्यसमितिका पदाधिकारीहरूको नामावली, निर्वाचन पर्यवेक्षणसम्बन्धी अनुभवका प्रमाणपत्र, तथा ब्रोसर, पुस्तिका वा निर्देशिकाजस्ता प्रकाशनका प्रतिहरू संलग्न गर्नुपर्नेछ ।


यसअघि निर्वाचन पर्यवेक्षण गरेको भए आयोगमा प्रतिवेदन बुझाएको प्रमाण पनि आवश्यक हुनेछ ।


आयोगका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएका वा अघिल्ला निर्वाचनमा अनुमति लिएर पनि प्रतिवेदन नबुझाउने संस्थालाई अनुमति दिइने छैन ।


त्यस्तै, कुनै पर्यवेक्षकले आफ्नो स्थायी बसोबास रहेको वा मतदाता नामावलीमा नाम समावेश भएको क्षेत्रमा पर्यवेक्षण गर्न नपाउने आयोगले स्पष्ट पारेको छ । 


सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex