काठमाडौं । काठमाडौंको माछापोखरीस्थित होटल भ्यू नेपालमा २ दिन देखि बन्धक बनाईरहेको एक युवकलाई प्रहरीले आईतबार मुक्त गराएका छन् ।
नवलपरासी घर भएका ३० बर्षीय भक्त सिंह थापालाई लेनदेनको विषयमा लिएर बन्धक बनाई राखेको अवस्थामा प्रहरीले फेला पारेका हुन ।
प्रहरीले सिंहलाई बन्धक बनाएको अभियोगमा ५ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप पुनपाती गाउँपालिका–४ घर भएका ३४ वर्षीय सुकराम लामा, नुवाकोट घर भएका २९ वर्षीय सहदेव श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–११ घर भएका ४२ वर्षीय दिलिप गुरुङ, ३० वर्षीय दिपक गुरुङ र ४२ वर्षीय टकलाल घले रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर १०४ बाट भक्त सिंह थापालाई आइतबार उद्धार गर्नुको साथै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
Categorized in समाज