१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट, ७५ माथिलाई ७० प्रतिशत


प्रकाशित: सोमवार, ३ कात्तिक २०८२, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन ।


नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका प्रतिनिधिबीच आइतबार भएको बैठकमा यस्तो सहमति भएको हो । 


प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र विभिन्न वायुसेवाका प्रतिनिधिहरूबीच भएको छलफलपछि निर्णय गरिएको हो । 


प्राधिकरणका अनुसार छुट सबै आन्तरिक उडान सेक्टरमा लागू हुनेछ । छुटको दर सरकारले तोकेको अधिकतम भाडादरका आधारमा हुनेछ ।


त्यसैगरी, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुहरूलाई ८० प्रतिशतसम्म छुट दिइने भएको छ ।

 
प्राधिकरणका अनुसार, फरक क्षमता भएका यात्रुहरूलाई पनि न्यूनतम ५० प्रतिशत छुट उपलब्ध गराइनेछ । छुट योजना आइतबारदेखि नै लागू गरिएको प्राधिकरणले जनाएको छ ।


वायुसेवा कम्पनीहरूलाई उक्त निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।


विज्ञप्ती: 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex