काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिइने ब्याजदर फेरि घटाएका छन ।
असोज महिनाको तुलनामा कात्तिकमा औसत ०.३१ प्रतिशत विन्दुले ब्याजदर घटेको छ ।
नेपालका २० वाणिज्य बैंकमध्ये १९ वटा बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन ।
असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत रहेकोमा कात्तिक महिनाको लागि यो दर घटेर ५.७५ प्रतिशत पुगेको छ ।
हाल सबैभन्दा बढी ब्याजदर एनआइसी एशिया बैंकले ५.७५ प्रतिशत तोकेको छ भने सबैभन्दा कम ब्याजदर हिमालयन बैंकले ४ प्रतिशत मात्र प्रस्ताव गरेको छ ।
बैंकहरूले रेमिटेन्स खातामा व्यक्तिगत मुद्दती खाताभन्दा एक प्रतिशत बढी ब्याज दिने व्यवस्था यथावत् राखेका छन् ।
कुल १४ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने सिटिजन्स बैंकले मात्र ब्याजदर बढाएको छ । बाँकी बैंकहरूको ब्याजदर स्थिर रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कात्तिक महिनाको ब्याजदर सूचना भने सार्वजनिक हुन सकेको छैन ।
वित्तीय विश्लेषकहरूका अनुसार पछिल्ला महिनाहरूमा बैंकहरूमा कर्जा लगानी योग्य रकम प्रशस्त भएपछि ब्याजदर घट्ने क्रम निरन्तर रहेको छ ।
हाल बैंकहरूसँग करिब १० खर्ब रुपैयाँभन्दा बढी रकम कर्जा दिनका लागि उपलब्ध रहेको बताइन्छ ।
हेरौं बैंकहरुको ब्याजदरः


Categorized in बैंक