काठमाडौं । सोमबार राति राजधानीको तीनकुनेमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको ज्यान गएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा ६८ प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
सो दुर्घट्नमा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई हाल काठमाडौंको बानेश्वरमा बस्दै आएका २१ वर्षीय समिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी काठमाडौँ मेडिकल कलेज, सिनामंगल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएपछि चौधरी गम्भीर घाइते भएका थिए । दुर्घटनाको थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
Categorized in समाज