८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

त्रिविका विद्यार्थीको उत्तरपुस्तिका जले, पुनः परीक्षा हुने


प्रकाशित: विहिवार, २३ असोज २०८२, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा जलेको छ ।

 
परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।


उत्तरपुस्तिकाहरू प्रहरी चौकीमा राखिएको थियो । चौकी जलेसँगै उक्त पुस्तिकाहरू पनि जलेको हो ।


‘तीन वटा सेन्टरको जलेको छ,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने, ‘उत्तरपुस्तका जलेका कारण पुन परीक्षाको सूचना निकाल्दै छौं ।’

asteriskhubs
Home Page Bottom Second


maharjan complex