काठमाडौँ । रेडक्रिसेन्ट सोसाईटीका अन्तर्राष्ट्रिय महासंघका महासचिव एलहाज याज सी सोमबार चार दिने भ्रमणको लागि काठमाडौ आईपुगेको छ ।
महासचिव सी लाई स्वागत गर्नको लागि नेपाल रेडक्रस सोसाईटीमा महामन्त्री देवरत्न धाख्वा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किम विमानस्थल पुगेका थिए ।
नेपाल रेडक्रसको निमन्त्रणामा आएका महासङ्घका महासचिव सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।
साथै परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवाली, उच्च सरकारी अधिकृत, यहाँस्थित संयुक्त राष्ट्र सङ्घीय प्रतिनिधिलगायत नेपाल रेडक्रसका उच्च प्रतिनिधिसँग द्विपक्षीय भेटघाट तथा छलफल कार्यक्रम रहेको छ ।
महासंघ विश्वका १९० देशका राष्ट्रिय तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध रहेका छन ।
Categorized in स्वास्थ्य