१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मंगलबारदेखि सेयर बजार खुल्दै, १८ कम्पनीले लाभांश घोषणा गरे


प्रकाशित: सोमवार, २० असोज २०८२, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । दशैं बिदापछि मंगलबारदेखि नेपाल शेयर बजार (नेप्से) पुनः सञ्चालन हुँदैछ। बजार खुलेसँगै लगानीकर्ताको ध्यान हाल लाभांश घोषणा गरेका कम्पनीतर्फ केन्द्रित भएको छ।


बजारमा सूचीकृत र नाफामा रहेका विभिन्न कम्पनीहरूले लगानीकर्तालाई लाभांश घोषणा गरिरहेका छन् । 


अहिले सम्म १८ कम्पनीले लाभांश घोषणा गरिसकेका छन्, जसमा ५ कम्पनीको बुक क्लोज भइसकेको छ भने १२ कम्पनीको बुक क्लोज बाँकी छ ।


बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गर्ने लगानीकर्ताले सो कम्पनीको लाभांश पाउने र साधारणसभामा सहभागी भई अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ। 


आर्थिक वर्ष सकिएको ६ महिनाभित्र कम्पनीहरूले साधारणसभा गरी लाभांश स्वीकृत गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। त्यसैले अधिकांश कम्पनीले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने तयारी गरेका छन् ।


साधारणसभाबाट लाभांश स्वीकृत भएपछि लगानीकर्ताले नगद लाभांश बैंक खातामा र बोनस सेयर डिम्याट खातामा प्राप्त गर्नेछन्।


लाभांश घोषणा गरेका कम्पनीहरू


वाणिज्य बैंकहरू


एभरेस्ट बैंक: १४% नगद, ६% बोनस (बुक क्लोज – असोज २४)


सानिमा बैंक: ७.३६८५% नगद (बुक क्लोज – असोज २७)


सिटिजन्स बैंक: ०.२६३% नगद, ५% बोनस (बुक क्लोज घोषणा बाँकी)


माछापुच्छ्रे बैंक: ४% नगद, ४% बोनस (बुक क्लोज सम्पन्न)


विकास बैंकहरू


मुक्तिनाथ विकास बैंक: ४.६७% नगद, १३.५३% बोनस (बुक क्लोज – असोज ३१)


कामना सेवा विकास बैंक: ५.७८९५% नगद, १०% बोनस (बुक क्लोज सम्पन्न)


फाइनान्स कम्पनी


मञ्जुश्री फाइनान्स: १५% नगद (बुक क्लोज – असोज २२)


लघुवित्त संस्था


आरएसडीसी लघुवित्त: ८% नगद (बुक क्लोज घोषणा बाँकी)


गुराँस लघुवित्त: ०.७५% नगद, १४.२५% बोनस (बुक क्लोज घोषणा बाँकी)


हाइड्रोपावर कम्पनीहरू


भगवती हाइड्रोपावर: ६% नगद, १४% बोनस (बुक क्लोज – असोज २१)


अरुणभ्याली हाइड्रोपावर: ०.४२१% नगद, ८% बोनस (घोषणा बाँकी)


युनिभर्सल पावर: ०.४७३७% नगद, ९% बोनस (बुक क्लोज सम्पन्न)


मिडसोलु हाइड्रोपावर: ०.७८९% नगद, १५% बोनस (घोषणा बाँकी)


सिक्लेस हाइड्रोपावर: ०.७८९% नगद, १५% बोनस (घोषणा बाँकी)


उत्पादन तथा प्रशोधन कम्पनीहरू


युनिलिभर नेपाल: १,८४२% नगद (बुक क्लोज – कात्तिक ११)


नेपाल ल्युब आयल: २०% बोनस (बुक क्लोज सम्पन्न)


लगानी समूह


निफ्रा: ६.३१५८% नगद (घोषणा बाँकी)


हाथवे इन्भेस्टमेन्ट: ०.५३२% नगद, १२% बोनस (बुक क्लोज सम्पन्न)

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex