काठमाडौं । काठमाडौंको भिमसेनथान नजिक मरु विच्छेबहालस्थित आगलागी भएको छ ।
विहान करिब ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
सो स्थानमा रहेको घरहरुमा आगो लागेको र आगो नियन्त्रणको लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन ।
आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन ।
तस्वीरः रोशन महर्जन
Categorized in समाज