२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा केन्द्र पुरानोबसपार्क बागजारको दशै, तिहार चियापान सम्पन्न


प्रकाशित: शनिवार, ११ असोज २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । बिजय दशमी, शुुभदीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्व– २०८२ को अवसरमा आयोजित चियापान तथा शुुभकामना आदान प्रदान सम्पन्न गरेको  छ ।


शनिवार बागबजारस्थित सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र पुरानो बसपार्कको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । 


सिंहदरवार प्रहरी बृत प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले जानकारी दिए ।


यस अवसरमा दशै तिहार लगायतको चाडपर्वमा हुने सुरक्षा चुनौति र नागरिक दायित्वबारे बृत प्रमुख घिमिरेले चर्चा गरेका थिए ।


सो कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष मियाँले पनि सामुदायिक सेवा केन्द्रले चाडपर्व लक्षित सचेतनाका कार्यक्रम संचालन गरी अघि बढ्ने उल्लेख गरे ।


कार्यक्रममा सेवा केन्द्रका पुर्व अध्यक्ष विपेन्द्र खड्गी, प्रमुख सल्लाहाकार मोहम्मद निजामुद्दिन, सल्लाहकार वेदबहादुर कार्की लगायत सेवा केन्द्रका पदाधिकारी, सदस्यहरु र प्रहरी जवानहरुको विशेष उपस्थिती रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex