काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छिन ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन ।
प्रधानमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग र बलिदानलाई संस्थागत गर्दै वर्तमान जेनजी आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने बताइन ।
उनले देशलाई निकास दिन ६ महिनाको चुनावी सरकारलाई तोकिएको सीमित जिम्मेवारीभित्र काम गर्नुपर्ने उल्लेख गर्दै आगामी फागुन २१ गते भित्रै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी पूरा भइसकेको जानकारी दिइन ।
सम्बोधनका मुख्य बुँदाहरुः
१) विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सम्भावनाबारे छलफल भइरहेको जानकारी ।
२) प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दललाई उत्साहपूर्वक सहभागी हुन आह्वान ।
३) सेवाग्राहीसँग ढिलासुस्ती, मोलमोलाहिजा, घूस र अपमानजनक व्यवहार सह्य नहुने भन्दै उजुरी आए तत्काल कारबाही गर्ने चेतावनी ।
४) संविधान संशोधन लगायत जेनजी आन्दोलनले उठाएका विषय अन्तरिम सरकारको कार्यक्षेत्रबाहिर भएकाले संवैधानिक प्रक्रियाबाटै समाधान गर्न आग्रह ।
५) उद्योग, व्यापार र प्रतिष्ठानमा भएको तोडफोड र क्षतिबाट प्रभावित उद्योगीका लागि एकीकृत व्यावसायिक पुनरुत्थान योजना लागू ।
६) अनुत्पादक खर्च कटौती गर्दै टुक्रे आयोजना खारेज गरिएको घोषणा ।
७) विगतका भ्रष्टाचार प्रकरण छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने ।
८) आसन्न चाडपर्वलाई लक्षित गर्दै खाद्यान्न, यातायात र सुरक्षाको तयारी राज्य संयन्त्रमार्फत सुनिश्चित गरिएको ।
Categorized in राष्ट्रिय