काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश बुधबार जारी गरेका छन ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले दिउँसो शीतल निवासबाट अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन ।
अध्यादेश जारी गर्नुअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति निवास पुगेकी थिइन् र राष्ट्रपतिसँग भेटवार्ता गरेकी थिइन ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकेको छ ।
प्रचलित कानुनअनुसार निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था थियो ।
यसअघि मतदाता नामावली ऐनको दफा ४ मा निर्वाचन मिति घोषणा भएपछि नयाँ नाम दर्ता गर्न नमिल्ने प्रावधान थियो ।
तर अब प्रतिनिधिसभा कार्यकाल पूरा हुनु अघि नै विघटन भएर निर्वाचन घोषणा भएको अवस्थामा निर्वाचन आयोगले आवश्यक समयसीमा तोकेर मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुला भएको छ ।
Categorized in राष्ट्रिय