काठमाडौं । नवनियुक्त चार मन्त्रीले राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
शपथ लिनेमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन ।
सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन भने पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने भएका छन ।
पत्रकार खरेललाई सञ्चार तथा सूचना मन्त्रालय र परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो तर अन्तिम समयमा आएर उनको नाम ‘होल्ड’ गरिएको छ ।
गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अब आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।
कसको भागमा कुन मन्त्रालय हेरौं

Categorized in राष्ट्रिय