८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अर्थ मन्त्रालयमा घुस मागे गुनोसो गर्न नम्बर सार्वजनिक


प्रकाशित: सोमवार, ६ असोज २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरूले सेवाग्राहीसँग घुस वा अनुचित सुविधा मागेमा मन्त्रालयमा सिधै जानकारी दिन सकिने भएको छ ।


मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीले पाउनु पर्ने सेवा ढिलाइ गर्ने, नगर्नुपर्ने कार्य गर्ने, अनुचित दबाब दिने वा घुस तथा रिसवत माग्ने जस्ता गतिविधि भए तत्काल सम्पर्क गर्न आग्रह गरेको छ ।


यसका लागि अर्थमन्त्री खनालको इमेल rameshore@mof.gov.np, मन्त्रालयको इमेल gunaso@mof.gov.np र हटलाइन १८१०५०००४०१ मा सम्पर्क गर्न भनिएको छ।
 


 र टोल–फ्रि हटलाइन नम्बर १८१०५०००४०१ उपलब्ध गराइएको छ।

 


त्यसैगरी सेवासम्बन्धी गुनासो वा जानकारीका लागि मन्त्रालयका उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई समेत सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex